News

बालेन्द्रको आरोपः संसदमा भारतीय गुलामहरुको वहुमत रछ

बालेन्द्रको आरोपः संसदमा भारतीय गुलामहरुको वहुमत रछ

काठमाडौं महानगरपालिकाका मेयर बालेन प्रतिनिधि सभामा दिल्लीको आदेश मान्ने भारतीय गुलाम सांसदहरुको बहुमत रहेको आरोप लगाएका छन्।

बिहीबार राति सामाजिक सञ्जालमा उनले यस्तो आरोपसहितको स्ट्याटस लेखेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा पनि उनलाई प्रधानमन्त्री बनाउनेहरु माथि शंका लागेको वताएका छन्।

उनले यो देश भारतीय गुलामहरुले चलाउँदै गरेको र आफू मात्र विरोधमा रहेको भन्दै सरकार र राजनीतिक दलहरुलाई प्रश्नसमेत गरेका छन्। 

‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो। दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा। भारतीय गुलामहरुले देश चलाउँदैछ र म मात्र विरोधमा? र, म मात्र अदालतको अवहेलनामा? सबैजना मरेका लाशहरु हुन?’

बालेन्द्र साह

विशेष