राजिनामा माग्ने एमालेलाई प्रचण्डले संसदबाटै जवाफ दिने, सम्वोधनको तयारी
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकमा सम्वोधन गर्ने भएका छन्। आफनो राजिनामा मागिरहेको नेकपा एमालेलाई जवाफ दिन उनले वैठकमा सम्वोधनको तयारी गरेका हुन।
दाहालको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीबाट राजीनामा मागेको छ। एमालेका नेताले आज पनि संसद बैठक चल्न नदिने अडान राखेका छन। आफूहरूलाई प्रधानमन्त्रीको जवाफ नभइ राजीनामा चाहिएकाले संसद बैठक कुनै हालतमा चल्न नदिने एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए।
आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटकपटक दिल्ली गएको भन्दै उनले वताएपछि चौतर्फी आलोचना भईरहेको छ। उनको अभिब्यक्तिको माओवादीका सांसदहरुले मात्र वचाउन गरेका छन्।
सत्तारुढ नेपाली कांग्रेसकै सांसदहरुले पनि विरोध गरेका छन् भने राप्रपा, रास्वपा विरोधमा छन्। बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले संसदमा प्रधानमन्त्रीले जवाफ दिएर अघि बढ्ने निर्णय गरेको थियो ।
तर संसद सचिवालयले भने प्रधानमन्त्रीले बोल्ने विषयमा कुनै जानकारी नआएको जनाएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।