News

बलात्कार प्रकरणमा एलओडीका अर्का सञ्चालक पनि पक्राउ

बलात्कार प्रकरणमा एलओडीका अर्का सञ्चालक पनि पक्राउ

बलात्कार प्रकरणमा अनुशन्धान गर्न प्रहरीले काठमाडौंको ठमेलस्थित नाइट क्लब एलओडी (लर्डस् अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठलाई पनि पक्राउ गरेको छ।

उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा उनलाई पक्राउ गरिएको हो। एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएपछि सञ्चालक श्रेष्ठलाई आज बिहान कुपण्डोलबाट पक्राउ गरेको हो।

अर्का सञ्चालक राजु सिंह सुवाललाई प्रहरीले हिजै पक्राउ गरिसकेको छ। उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

यो पनि,

एलओडी

विशेष