News

खोलाबाट गिट्टी निकाल्न नदिएपछि महिलालाई दुर्व्यवहार गर्ने वडाध्यक्ष पक्राउ

खोलाबाट गिट्टी निकाल्न नदिएपछि महिलालाई दुर्व्यवहार गर्ने वडाध्यक्ष पक्राउ

महिलालाई दुर्व्यवहार गरेको आरोपमा उदयपुरका एक जना वडाअध्यक्ष पक्राउ परेका छन्। चौदण्डीगढी नगरपालिका ९ का अध्यक्ष प्रकाश राउतलाई शनिबार इलाका प्रहरी कार्यालय वेल्टारले पक्राउ गरेको हो।

स्थानीय सुर्योदय सामुदायिक वन उपभोक्ता समुह क्षेत्रभित्र पर्ने छिडी खोलामा एस्काभेटर लिएर गिट्टी उत्खनन गरिरहेका राउतसँग स्थानीय सुनिता श्रेष्ठको विवाद भएको थियो। उनले अवैद्य रुपमा नदिजन्य पदार्थ निकाल्न नमिल्ने वताएपछि राउत उनी विरुद्ध जाई लागेका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा अध्यक्ष राउत दौडदै श्रेष्ठमाथि हातपात गर्न पुगेको देखिन्छ। सोही आरोपमा उनलाई नियन्त्रणमा लिईएको उदयपुरका एसपी ज्ञानेन्द्र फुयलले जानकारी दिए।

वडाध्यक्ष राउतले शुक्रवार खोलामा एस्काभेटर र टिपर नै प्रयोग गरेर अवैद्य रुपमा गिट्टी निकासी गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न जाँदा आफुमाथि आतपात गरेको श्रेष्ठले आरोप लगाएकी छिन्।

वडाध्यक्ष रातउले भने आफुले कसैलाई दूव्र्यवहार नगरेको बताएका छन् । वडामा सडक निर्माणको काम चलिरहेको र गिट्टी अभाव हुन नदिन खोलामा पस्नु परेको भन्दै उनले सफाई पेश गरे। 

राउतले गत ०७९ माघमा पनि स्थानीय राकेश कुमार हुजदारलाई पनि ढुङ्गागिटीकै विषयमा कुटपिट गरी हात भाँचिदिएका थिए। 

प्रकाश राउत

विशेष