News

श्रीमतीलाई खुकुरीले छप्काएर श्रीमान पुगे प्रहरी कार्यालय

श्रीमतीलाई खुकुरीले छप्काएर श्रीमान पुगे प्रहरी कार्यालय

सर्लाहीमा एक युवकले श्रीमतीलाई खुकुरीले छप्काएर अपराध स्विकार गर्न आफै प्रहरी कार्यालय पुगेका छन्।

हरिवन नगरपालिका–५, घुर्कौली टोलका ३५ वर्षीय रामभरोश महतो श्रीमती नैनकुमारीको हत्या गरेर इलाका प्रहरी कार्यालय हरिवनमा उपस्थित भएका हुन।

रामभरोशले २८ वर्षीया श्रीमती नैनकुमारीमाथि शुक्रवार खुकुरी प्रहार गरेका थिए । घरायसी झगडाका कारण श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या गरेको भन्दै उनी प्रहरी कार्यालय पुगे। 

त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

विशेष