News

समाजवादी मोर्चाको संयोजक माधव नेपाल, चार सदस्यीय कार्यदल गठन

समाजवादी मोर्चाको संयोजक माधव नेपाल, चार सदस्यीय कार्यदल गठन

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समाजवादी मोर्चाको संयोजक भएका छन्।

मोर्चाको आज वसेको वैठकले अध्यक्ष नेपालको संयोजकत्वमा आगामी नीति र आचारसंहिता बनाउनका चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने जनाईएको छ।

कार्यदलमा एकीकृत समाजवादीकै उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा सदस्य छन् ।

कार्यदलले मोर्चाको आगामी नीति र आचारसंहिता तय गर्ने नेकपा एसका नेता राजेन्द्र पाण्डेले बताए ।

मोर्चाको अर्काे बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा एसका अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने बताए । मोर्चा गठन भएको २३ दिनपछि शनिवार पहिलो वैठक वसेको हो।

मोर्चाका एक नेताका अनुसार हरेक ६ महिनामा मोर्चाको अध्यक्ष दल अनुसार फेरिने छ। ६–६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति २७ गतेको बैठकले तय गर्ने उनले बताए । सोही वैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने मिति समेत घोषणा गर्ने जनाईएको छ। 
 

समाजवादी मोर्चा

विशेष