News

बढ्दो तापमानले बढायो यौनहिंसा, दक्षिण एसियाली मुलुकमा नेपाल दोस्रो

बढ्दो तापमानले बढायो यौनहिंसा, दक्षिण एसियाली मुलुकमा नेपाल दोस्रो

नेपालमा जलवायु परिवर्तनसँगै बढ्दो तापमानका कारण यौनहिंसाका घट्ना वृद्धि भएको एक अध्ययनको निष्कर्ष छ। तापमान वृद्धि भएसँगै यौन हिंसा वढ्ने दक्षिण एसियाली मुलुकहरु मध्ये नेपाल दोस्रो स्थानमा छन्।

नेपाल, भारत तथा पाकिस्तानका महिलाहरुमा गरिएको अध्ययनले तापमानसँगै यौनजन्य हिंसा तीव्र रुपमा वढेको पाईएको छ। यो अध्ययन १५ देखि ४९ वर्ष उमेरका एक लाख ९४ हजार महिलामा गरिएको थियो। 

०१० को अक्टोबर १ देखि ०१८ को अप्रिल ३० सम्म संकलित तथ्यांकका आधारमा तयार पारिएको उक्त रिपोर्ट JAMA Psychiatry मा प्रकाशित भएको छ । बेलायत, चीन, पाकिस्तान, अष्ट्रेलिया, जर्मनी र तान्जानियाका वैज्ञानिकहरुको समूहले यो अध्ययन गरेको हो ।

अध्ययन अनुसार जलवायु परिवर्तन तथा तापमान वृद्धिका कारण महिलामाथिको अन्तरंग पार्टनर हिंसा (आईपीभी) सन् २०९० सम्म बढेर २३.५ प्रतिशत पुग्नेछ। सन् २०९० सम्ममा भारत सर्वाधिक घरलु हिंसा र यौन हिंसा हुने मुलुक बन्नेछ भने दोस्रो स्थानमा १४.८ प्रतिशतसहित नेपाल र ५.९ प्रतिशतसहित पाकिस्तान सबैभन्दा कम लैंगिक हिंसा हुने देश बन्नेछ।

विश्व उष्णीकरणको असर निजी सम्बन्धमा पनि पर्न थालेको छ र महिलामाथि अन्तरंग पार्टनरबाट हुने हिंसामा बढेको अध्ययनको निस्कर्ष छ। हरेक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले महिलामाथिको शारीरिक तथा यौन हिंसामा ६.३ प्रतिशतले बढ्ने जनाईएको छ।

रिपोर्ट अनुसार वार्षिक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले इन्टिमेट पार्टनर भाएलेन्स (आईपीभी) को मात्रा ४.९ प्रतिशतले बढ्दछ । शोधकर्ताहरुले यो शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धिका कारण हुने अन्तरंग पार्टनरको हिंसामा २१ प्रतिशतले वृद्धि हुने आँकलन गरेका छन् ।

जलवायु परिवर्तन तथा उष्णीकरणको दरलाई कम गर्न नसकिएमा महिलामाथिको हिंसामा झनै बढोत्तरी हुनेछ । जसबाट सन् २१०० सम्ममा शारीरिक हिंसाका घटनामा २८.३ प्रतिशत, यौन हिंसा २६.१ प्रतिशत र भावनात्मक हिंसा ८.९ प्रतिशत पुग्नेछ।

यौनहिंसा

विशेष