News

मकवानपुरमा भयंकर दुर्घटनाः दुई ट्रक ठोक्किँदा आगो लाग्यो, ३ जनाको मृत्यु

मकवानपुरमा भयंकर दुर्घटनाः दुई ट्रक ठोक्किँदा आगो लाग्यो, ३ जनाको मृत्यु

मकवानपुरमा दुईवटा ट्रक ठोक्किँदा आगो लागेर ३ जनाको मृत्यु छ। मनहरि गाउँपालिका–६ नयाँ वस्तीमा यो दुर्घना भएको हो।

गए राती करिव २ बजे नयाँ बस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा ना ६ ख ६६६७ नम्बरको ट्रक र ना ६ ख ६३१ नम्वरको ट्रक आपसमा ठोक्किएका थिए। दुर्घटनापछि ट्रकमा हुरहुर आगो लागेको जनाईएको छ।

मकवानपुरका एसपी वामदेव गौतमका अनुसार दुर्घटनामा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक चितवन, राप्ती–८ का २८ वर्षीय रिहान रुम्बा तामाङ र सहचालक गोरखा जिल्ला गण्डकी–२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङको मृत्यु भएको छ।

यसैगरी, ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरि–३ का २० वर्षीय अमृत प्रजाको पनि मृत्यु भएको उनले वताए । दुर्घटनामा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ती–३ का ३५ वर्षीय विवेक तामाङ र ६३१ नम्बर ट्रकका मनहरि–३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

ना.६ ख ६६६७ नम्बरको ट्रक हेटौँडाबाट चितवनतर्फ र ना.६ ख ६३१ नम्बरको ट्रक विपरीत दिशातर्फबाट जाँदै थिए।

विशेष