News

एलन मस्कले मेटाका मालिक मार्क जुकरबर्गलाई दिए जेल हाल्ने धम्की

एलन मस्कले मेटाका मालिक मार्क जुकरबर्गलाई दिए जेल हाल्ने धम्की

ट्विटरका मालिक एलन मस्कले मेटाका मालिक मार्क जुकरबर्गलाई जेल हाल्ने धम्की दिएका छन्। इन्स्टा–थ्रेडले ट्वीटरको कपी गरेका आरोप लगाउँदै उनले जुकरबर्गलाई जेल पुर्याउने धम्की दिएका हुन।

ट्विटरका लागि आफुले ४४ बिलियन डलर खर्च गरेको बताएका उनले मेटाका सञ्चालक जुकरबर्गलाई उनले छेपारोको संज्ञा दिएका छन्। ‘छेपारो केटोले कपी गरेर पेस्ट गर्ने काम ग¥यो।’– उनले भनेका छन्। 

मेटाका मालिक जुकरबर्गले मस्कको ट्वीटरलाई चुनौती दिन ट्विटर जस्तै थ्रेड अकाउन्ट सञ्चालनमा ल्याएका छन्। मस्कले ट्विटरमा ट्विट हेर्न कडाइ गरेसँगै प्रयोगकर्ताको आकर्षण जुकरबर्गको थ्रेड र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको त्रुत्थ एपमा देखिएको छ।


उनले जुकरबर्गलाई मुद्दा हाल्ने चेतावनी दिँदै जेल पु¥याउने धम्की दिएका छन्।

मस्कले २०२२ अक्टोबरमा ४४ बिलियन डलरमा ट्विटर किनेका थिए।
 

विशेष