News

ललिता निवास प्रकरणमा समरजङ्ग कम्पनीका हाकिमसहित २ जना पक्राउ

ललिता निवास प्रकरणमा समरजङ्ग कम्पनीका हाकिमसहित २ जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरेलाई पक्राउ गरेको हो।

उनीहरु काठमाडौँमै पक्राउ परेका हुन। प्रहरीका अनुसार आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् ।

घिमिरे भने समरजङ्ग कम्पनीका प्रमुख थिए । घिमिरेर अर्यालय पक्राउ परेपछि यो प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यले उनीहरुका विषयमा थप अनुशन्धान भईरहेको वताईन।

ललिता निवास

विशेष