News

उपभोक्ता समितिको ६ लाख ५० हजार चोर्ने एमालेका वडाध्यक्ष पक्राउ

उपभोक्ता समितिको ६ लाख ५० हजार चोर्ने एमालेका वडाध्यक्ष पक्राउ

उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ चोरी गरेको आरोप लागेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् ।

वडाध्यक्ष सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरेर फरार भएका थिए।

वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको भन्दै विहिवार प्रहरीमा उजुरी परेको थियो । गुरुङ र शाही शनिबार नै पक्राउ परेका थिए भने विष्ट आईतवार पक्राउ परेका हुन।

गुरुङ र शाहीले वडाध्यक्षलाई दुई लाख रकम दिएको स्वीकारेका छन्। टोल समिति अध्यक्षको घरबाट उनीहरुले रकम लिएको प्रहरीले जनाएको छ । विष्ट नेकपा एमालेका तर्फबाट निर्वाचित भएका हुन।

विशेष