सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका वहालवाला सचिव राउत पक्राउ
वहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। ललिता निवास जग्गा प्रकरणमा अनुशन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आईतबार उनलाई पक्राउ गरेको हो।
ब्यरोकी निर्देशक एआईजी किरण बज्राचार्यका अनुसार यस सम्वन्धमा मुख्य सचिवको सचिवालयलाई जानकारी गराइएको छ। आजै समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुव अर्याल पनि पक्राउ परेका छन्। यो सँगै पक्राउ पर्नेको संख्या १२ पुगेको छ।
१४३ रोपनी जग्गा हिनामिना गरेको प्रकरणमा राउतसहित थप ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोबिरुद्ध पनि पक्राउ पूर्जी लिएको छ ।
पक्राउ पूर्जी जारी भएकामध्ये पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन्। बस्न्यात पक्राउ पर्ने सूचना पाएपछि पुर्जी जारी हुनु अघि नै भागेर दिल्ली पुगेको जनाईएको छ।
यो पनि,