News

हेडक्वाटरको निर्देशनमा कोशीमा माओवादीका ज्वाईलाई मन्त्री, आज सपथ

हेडक्वाटरको निर्देशनमा कोशीमा माओवादीका ज्वाईलाई मन्त्री, आज सपथ

पार्टीभित्रका धरै सांसदको विरोधका बीच कोशी प्रदेशमा माओवादीले प्रचण्डका ज्वाई जीवन आचार्य मन्त्री नियुक्त हुन लागेका छन्। नेकपा माओवादी केन्द्रको हेडक्वाटरको निर्देशन बमोजिम आचार्यलाई सरकारमा पठाउन लागिएको बताइएको छ ।

विवादकै कारण नयाँ मन्त्रीमण्डलमा माओवादीले मन्त्री पठाउन सकेको थिए। शुक्रवार नै मन्त्री हुने पक्का भएका आचार्यलाई आज शपथ ग्रहण गराउने तयारी छ। आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी छ।

शुक्रवार नेपाली काङ्ग्रेसका तर्फबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल प्रसाद जवेगु विना विभागीय मन्त्री नियुक्त भएका छन् । शुक्रवार मन्त्रीको नाम पठाउन नसकेपपछि माओवादीका प्रदेश इन्चार्ज राम कार्की सहित बसेको माओवादी संसदीय दलको बैठकले आचार्यलाई मन्त्री बनाउने सहमति गरेको हो।

बैठकमा आचार्यको नामका विषय निकै विवाद भएको थियो। उनले वर्तमान सरकार बनाउन आफूले भूमिका खेलेकाले त्यसको फाईदा आफुले पाउनु पर्ने वताएका थिए। यसअघिको सरकारमा पनि मन्त्री भईसकेका आचार्य पुनः मन्त्री हुनेभएपछि सांसद दुर्गाप्रसाद चापागाईँ पछि सरेका छन्।

चापागाई पनि यसअघिको सरकारमा मन्त्री थिए । तर, आफु मन्त्री बन्ने सम्भावना नदेखेपछि फेसवुकमै उनले मन्त्री नहुने घोषणा गरेका छन् । 
 

जीवन आचार्य

विशेष