News

भैंसीले च्यापेर वडा सचिवको मृत्यु

भैंसीले च्यापेर वडा सचिवको मृत्यु

दैलेखमा भैंसीले च्यापेर वडा सचिवको मृत्यु भएको छ।

भैँसीको शरीरले च्यापिएर नारायण नगरपालिका–१० मा कार्यरत वडा सचिव चक्र बहादुर कटुवालको मृत्यु भएको छ।

घरबाट बारीमा लैजाने क्रममा कटुवालाई भैँसीले च्यापेको थियो। घाइते भएका उनलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 
 

विशेष