News स्वास्थ्य

म्यासेन्जरबाट यसरी आउट भयो नर्सको लाइसेन्स परीक्षाको प्रश्नपत्र, ३ जना पक्राउ

म्यासेन्जरबाट यसरी आउट भयो नर्सको लाइसेन्स परीक्षाको प्रश्नपत्र, ३ जना पक्राउ

नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक भएको छ। प्रश्नपत्र लिक गरेको आरोपमा ३ जना परिक्षार्थी पक्राउ परेका छन्।

कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना आले र कास्कीकी २० वर्षीया भावना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। अल ब्राइट इन्स्टिच्यूट पोखराका गाडी चालक तनहुँ घर भएका ५० वर्षीय चिजकुमार श्रेष्ठलाई भने प्रहरीले पक्राउ गरेर छोडेको छ।

खोजेको वेला उपस्थित हुने सर्तमा श्रेष्ठलाई छाडिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ। 

परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार शनिबार सिद्धार्थ बनस्थली इन्स्टिच्यूटमा भएको नसिंङ काउन्सिलको परीक्षामा उनीहरुले प्रश्नपत्रको फोटो खिचेर म्यासेन्जर ग्रुपपमा हालेका थिए । त्यसपछि सोही ग्रुपमा आएको उत्तर उनीहरुले उत्तरपुस्तिकामा सारेको पाईएको छ।

परिक्षा विहान ९ बजेदेखि साढे ११ बजे भएको थियो। प्रहरीले पक्राउ परेका परीक्षार्थीका मोबाइलसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको एसएसपी कार्कीले जानकारी दिए। 

प्रश्नपत्र नेपाल नर्सिङ काउन्सिल

विशेष