News

शरणार्थी प्रकरणमा आरजुको नाम लिएको अडियो सक्कली, सन्देश शर्माको स्वरसँग मिल्यो

शरणार्थी प्रकरणमा आरजुको नाम लिएको अडियो सक्कली, सन्देश शर्माको स्वरसँग मिल्यो

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि एवम् सांसद डा. आरजु राणाको नाम लिइएको अडियो सक्कली भएको पुष्टि भएको छ। राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै  छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिईन् ।

त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो नक्कली नभई सक्कली भएको पुष्टि भएको हो। अडियामा भएको आवाज सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ। दाङका शर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।

शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको नेपाल प्रहरीले जनाएको छ। आरजुले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको माग गरेकी थिईन।

भुटानी शरणार्थी

विशेष