News

एमालेले लत्यायो ओलीले गरेको सहमति, नयाँ प्रश्ताव आएपछि संसद वैठक स्थगित

एमालेले लत्यायो ओलीले गरेको सहमति, नयाँ प्रश्ताव आएपछि संसद वैठक स्थगित

प्रधानमन्त्रीको राजिनामा माग्दै आएको नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमति समेत नमानेपछि प्रतिनिधि सभाको वैठक आज पनि स्थगित भएको छ।

संसद सचिवालयले सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक भोलि (सोमबार) सम्मका लागि स्थगित भएको जानकारी गराएको हो। 

प्रधानमन्त्री दाहालले आफु भारतको सदासयतामा प्रधानमन्त्री भएको आसयमा भाषण गरेपछि राष्ट्रघात भएको भन्दै एमालेले प्रधानमन्त्रीको राजिनामा माग्दै संससमा अवरोध गरिरहेको छ। सोही विषयमा आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। 

उक्त छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएने प्रतिबद्धता जनाएका थिए। त्यसपछि अध्यक्ष ओली संसद खोल्न तयार भए। तर, केहीबेरपछि एमालेले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्ती समेत फिर्ता लिनुपर्ने नयाँ प्रस्ताव राखेको थियो। 

एमालेले नयाँ प्रस्ताव अघि सारेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको हो।  

विशेष