News

कांग्रेस सांसद तथा मेडिक ब्यवसायी सुनिल शर्मा गोल्फुटारबाट पक्राउ

कांग्रेस सांसद तथा मेडिक ब्यवसायी सुनिल शर्मा गोल्फुटारबाट पक्राउ

कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुशन्धानका लागि प्रहरीले पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौंको गोल्फुटारबाट शर्मालाई पक्राउ गरेको हो ।

भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।

मेडिकल कलेज सञ्चालक समेत रहेका शर्माले सोही प्रमाणपत्रका आधारमा एमबीबीएस अध्ययन गरेका थिए । उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद हुन् । शर्मा कांग्रेस नेता शेखर कोइराला पक्षका मानिन्छन् । 
 

सुनिल शर्मा

विशेष