News

कुलमानकै कार्यक्रममा विजुली झ्याप, पत्रकारले होहल्ला मच्चाए 

कुलमानकै कार्यक्रममा विजुली झ्याप, पत्रकारले होहल्ला मच्चाए 

देशमा लोडसेडिङ अन्त्य भएको लामो समय वितिसके पनि विद्युत आपूर्ति अनियमित भएको गुनासो ब्याप्त छ। उद्योगी ब्यवसायीले विजुली नपाएको गुनासो गरिरहेकै छन्।

तर, नेपाल विद्युत प्राधिकरणले भने यो विषयलाई कहिल्यै स्विकार गर्दैन। वरु विजुली खेर गईरहेको भन्दै विदेशमा वेच्न सम्झौता गरिहिडेको छ।  यता, बिहान, बेलुका जुनसुकै समयमा बिजुली अचानक जाने समस्याले उपभोक्ता हैरान छन्।

यही समस्या आज विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा आयोजित पत्रकार सम्मेलनमा पनि देखियो। जसको नेतृत्व प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नै गरिरहेका थिए।

पत्रकार सम्मेलन गरिरहँदा केही मिनेटको बीचमा तीन पटकभन्दा धेरै बिजुली झ्याप–झ्याप कट्यो। घिसिङले बोलिरहेका बेला सबैभन्दा पहिले कम्तीमा २ मिनेट बिजुली गयो। बिजुली गएपछि प्राधिकरणको हलमा उपस्थित भएकाहरुले हो–हल्ला नै गरे। 

पत्रकाहरुले हल्ला गरेपछि घिसिङले उनीहरुलाई शान्त बनाउने कोसिस गरे। उनले सिस्टममा समस्या (डिस्टर्ब) भएको बताउँदै केही बेरमा आइजाने बताए। कुलमानले त्यसो भनेको केही सेकेन्डमङ्गै बिजुली आयो। तर, बिजुली आएपछि कुलमानको सम्बोधन अघि बढ्न नपाउँदै फेरि गएर हलमा हल्लाखल्ला भयो। 

त्यसपछि पनि कुलमानले पत्रकारहरुलाई आश्वस्त बनाए। उनले प्रसारणलाइनमा केही गडबडी भएकाले यस्तो हुन गएको बताए। उनले त्यति भनेपछि पनि बिजुली आउने जाने क्रम चलिरह्यो।

पत्रकार सम्मेलनका क्रममा प्राधिरकणले राष्ट्रिय प्रसारणबाट देशभरका ९५ प्रतिशत नागरिकले विद्युत प्रयोग गरिरहेको जानकारी उनले दिए।
 

विशेष