News

विद्यार्थीको आन्दोलनमा गाउँपालिकाको हस्तक्षेपः प्रहरी– विद्यार्थी दोहोरो झडप, इन्स्पेक्टरसहित ११ जना घाईते

विद्यार्थीको आन्दोलनमा गाउँपालिकाको हस्तक्षेपः प्रहरी– विद्यार्थी दोहोरो झडप, इन्स्पेक्टरसहित ११ जना घाईते

विद्यार्थीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पश्चिम नवलपरासीको प्रतापपुरस्थित त्रिभुवन क्याम्पसमा दोहोरो झडप भएको छ। दिवा कक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले धरपकड सुरु गरेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

विद्यार्थीहरु प्रतापपुर गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न गएका वेला प्रहरीले अस्तक्षेप गरेको थियो। सो क्रममा झडप भएपछि सात प्रहरी र विद्यार्थी गरी ११ जना घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। झडपमा इन्स्पेक्टरसहित ७ प्रहरी घाइते भएको प्रहरीको भनाई छ। विद्यार्थीले ढुंगामुढा गर्दै पार्किङमा रहेका सवारी साधनमा तोडफोड गर्न थालेपछि आश्रुग्यास हान्नुपरेको जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

घाइते विद्यार्थीबारे प्रहरीले यकिन गर्न सकेको छैन। बेलाटारी क्याम्पसका क्याम्पस प्रमुख मनोजधर द्विवेदीले चारजना विद्यार्थी घाइते भएको बताए । 

विद्यार्थीले त्रिभुवन क्याम्पसमा कक्षा ११ र १२ को दिवा कक्षा सञ्चालनका लागि कक्षाकोठा माग गरिरहेका छन् । तर, क्याम्पस प्रशासन कोठा उपलब्ध गराउन नसक्ने जनाईरहेको छ। त्यसपछि विद्यार्थीले बुधवार क्याम्पसमा ताला लगाएका थिए।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा क्याम्पसमा लगाइएको ताला नगर प्रहरीले फुटाएपछि विद्यार्थीहरु विहिवार गाउँपालिकामा तालाबन्दी गर्न गएका थिए। 

विशेष