सत्ता पक्षले सुन तस्करीको छानविनका लागि समिति गठन गर्न मानेन, संसद वैठक प्रभावित

सुन तस्करी बारे छानविन गर्न उच्चस्तरिय छानविन समिति गठन गर्ने नेकपा एमालेको प्रश्ताव सत्ता गठवन्धनले अस्विकार गरेको छ। समिति गठन गर्ने÷नगर्ने पक्ष बीचका विवादका कारण प्रतिनिधि सभाको वैठक समेत प्रभावित भएको छ।
दुई पक्षबीच सहमति नवन्दा आजका लागि वोलाईएको प्रतिनिधि सभाको वैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सारिएको हो । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि तोकिएको जनाएको छ ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ । तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न अस्वीकार गर्दै आएको छ ।
मंगलबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए । बैठकमा सत्तारुढ दलका सांसदहरूले भने उच्चस्तरीय छानबिन समितिको कुरा पछि गरौँला भन्ने प्रस्ताव राखेको कांग्रेस सांसद रामहरि खतिवडाले बताए ।
छानबिनको काम सरकारले गरिरहेकाले अहिले उच्चस्तरीय छानिबन समिति बनाउन आवश्यक नरहेको सत्तापक्षीय सांसदहरूले बताएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफमा उच्चस्तरीय छानबिन समिति गठनको कुरा नआए संसद चल्न नदिने एमाले प्रमुख सचेतक गिरीले बताएका थिए ।