News

कोशीमा राजनीतिक ट्वीस्टः सभामुखले राजिनामा दिएपछि जसपाले गठवन्धनको साथ छोड्यो

कोशीमा राजनीतिक ट्वीस्टः सभामुखले राजिनामा दिएपछि जसपाले गठवन्धनको साथ छोड्यो

कोशी प्रदेशका गठवन्धनको वहुमत पुर्याएर मुख्यमन्त्रीमा दावी गर्न सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्।

कोशी प्रदेश सभा सचिवालयका अनुसार मंगलबार गौतमले इमले मार्फत उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्। सत्ता गठबन्धनका निम्ति ४७ सांसदको हस्ताक्षर सुनिश्चित गर्न उनले राजीनामा दिएका हुन्।

यसअघि उनले सभामुखको पदमै रहेर उद्धव थापाका निम्ति हस्ताक्षर गरेका थिए। सोही हस्ताक्षरसमेतका आधारमा उनी मुख्यमन्त्री समेत भए । तर त्यसलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछि थापा २० दिनमै सत्ताच्युत भए।

त्यसपछि गौतमलाई सभामुखबाट राजीनामा गराएर माओवादी सांसदको रुपमा संख्या गणना गर्ने प्रयत्न सत्ता पक्षको थियो। गौतमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत राजीनामाका लागि दबाब दिएका थिए।

गौतम केही दिनयता काठमाडौंमा थिए। उनी राजीनामा गर्नकै लागि मंगलबार दिउँसो विराटनगर पुगे। सभामुखको राजीनामासँगै मुख्यमन्त्रीमा दाबी गर्ने तयारीमा रहेका वेला जनता समाजवादी पार्टीले नयाँ माग अघि सारेपछि  थापा समस्यामा परेका छन्।

जसपाले कोशी प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्नेमा सहमत भएमा मात्र सरकारलाई समर्थन दिने वताएको छ। जसपाको १ सांसद छन। तर, सरकार गठनका लागि बहुमत पु¥याउन ४७ सिट आवश्यक पर्छ। जसपा बाहिरिए उक्त संख्या पुग्नेछैन।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश राख्ने प्रस्तावमा जसपा र ४ सांसद रहेको एकीकृत समाजवादीले फरक प्रस्ताव राखेका थिए। 
 

विशेष