News

भारतीय विवादित बाबा धीरेन्द्र शास्त्री नेपाल आउँदै, नेपाललाई हिन्दु राष्ट्र बनाउने घोषणा

भारतीय विवादित बाबा धीरेन्द्र शास्त्री नेपाल आउँदै, नेपाललाई हिन्दु राष्ट्र बनाउने घोषणा

विवादास्पद भारतीय बाबा धीरेन्द्र कृष्ण शास्त्री नेपाल आउने भएका छन्। उनले एक भिडिओ सन्देश जारी गर्दै आगामी अगस्त महिनामा आफु तीन दिनका लागि नेपाल आउने वताएका छन्।

नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानका लागि आफु नेपाल आउन लागेको उनले जनाएका छन्। भिडिओ अनुसार अगस्त १९, २० र २१ तारिख (भदौ २, ३ र ४ गते) का दिन हनुमान चरित्र वाचन गर्ने (रामकथा सुनाउने) कार्यक्रम छ।

उनले भिडिओ सन्देशमा नेपाललाई हिन्दु राष्ट्र बनाउने घोषणा गरेका छन्। उनले भनेका छन्–‘नेपाल हिन्दु राष्ट्र था, हिन्दु राष्ट्र है, और हिन्दु राष्ट्र रहेगा।’

भारतको मध्य प्रदेश स्थित बागेश्वर धामका पीठाधीश शास्त्री विवादका कारण देश–विदेशमा चर्चामा छन्। उनी पर्ची हेरेर श्रद्धालुहरुको समस्या समाधान गर्ने बाबाका नामले पनि परिचित छन्।

शास्त्रीलाई हनुमानले साक्षत दर्शन दिएको मान्यता छ। त्यसैले उनलाई कतिपयले अन्धविश्वास फैलाएको आरोप समेत लगाउने गरेका छन्। 
 

विशेष