News

सुनिल शर्मा एमाले की कांग्रेस ?

सुनिल शर्मा एमाले की कांग्रेस ?

ललिता निवास, ओम्नी, सेक्युरिटी प्रेस खरिद लगायतका कतिपय प्रकरणलाई जोडेर नेकपा एमालेलाई ‘भ्रष्टाचारीहरुको पार्टी’ भनेर कतिपयले आरोप लगाउँछन्। राजनीतिको आडमा जनविरोधी काम गर्ने नेताहरुको संरक्षणमा काँध थाप्ने प्रवृत्तिले पनि एमालेमाथि यस्तो आरोप लाग्ने गरेको हो।

नेताहरुको जतिसुकै वद्मासी देखिए पनि एमालेले नेताहरुको संरक्षण गर्छ भन्ने आम वुझाई वन्न थालेको छ। हुँदा हुँदा अव त गैरकानुनी काम गरेको आरोप लागेर पक्राउ परेका कांग्रेसका नेतालाई वचाउन समेत एमाले नै अगाडि सर्न थालेको छ। 

नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्माका विषयमा एमालेले आज संसदमै आपत्ति प्रकट गर्यो। एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले भनिन्–‘सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबले पक्राउ गरियो ?’ 

उहीले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको भन्दै उनले त्यसको घोर आपत्ति जनाईन। 

यता, कांग्रेसमा भने यो विषय अहिले खासै चासोको विषय वनेको छैन। आज वसेको संसदीय दलको बैठकमा पनि यो विषयले प्रवेश मात्रै पायो। सांसदहरुले सरकारले प्रतिशोध राखेर शर्मालाई पक्राउ गरेको भन्दै विरोध गरेपनि औपचारिक निर्णय भने हुन सकेन।

यो प्रकरणपछि कतिपय आलोचकहरुले भने ‘सांसद सुनिल शर्मा कांग्रेसको की एमालेको ?’ भनेर प्रश्न गर्न थालेका छन् । 

यद्यपी जिल्ला अदालतले शर्मालाई थुना वाहिरै राखेर अनुशन्धान गर्न आदेश दिएको छ।

सुनिल शर्मा

विशेष