नक्कली प्रमाणपत्र धारी डाक्टर पक्राउको संख्या ७ पुग्यो

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्ने डाक्टरको संख्या ६ पुग्यो, सांसद शर्मासमेत ७ जना
सीआईबीले हालसम्म ७ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर पक्राउ गरिसकेको छ।
पछिल्लो समय डा. श्रद्धा शिल्पकार पक्राउ परेसँगै नक्कली सर्टिफिकेट अभियोगमा पक्राउ पर्ने चिकित्सकको संख्या ७ पुगेको हो।
सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डा. शिल्पकार इसान बाल अस्पतालमा कार्यरत थिइन्।
यसअघि सीआईबीले डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाई पक्राउ गरिसकेको छ।
नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मासमेत गर्दा नक्कली शैक्षिक प्रकरणमा पक्राउ परिसकेका छन्।