News

सीआईवीले पक्राउ गर्न लागेको विषयमा पहिलै जानकार थिए सुनिल शर्मा

गृह र अर्थमन्त्रीको राजिनामा माग्दा प्रहरी हिरासतमा

सीआईवीले पक्राउ गर्न लागेको विषयमा पहिलै जानकार थिए सुनिल शर्मा

नक्कली शैक्षिक प्रमाण पत्र अनुशन्धान गर्न भन्दै सीआईबीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेपछि राजनीतिक माहौल तातेको छ। शर्मालाई प्रतिशोध साँध्न पक्राउ गरिएको भन्दै टिकाटिप्पणी भईरहेका छन्।

सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा मागेको प्रतिशोधका लागि शर्मा विरुद्ध सीआईबी प्रयोग गरिएको धरैको अनुमान छ। कांग्रेस नेता÷कार्यकर्ता मात्र होईन, नागरिक स्तरमा पनि अहिले सुनिल शर्माप्रति साहानुभुती वढिरहेको छ।

शर्माको शैक्षिक प्रमाण पत्र नक्कली भएको विषय धरै अघिदेखि चर्चामा आएको विषय हो। तर, सरकारले अहिलेसम्म यो विषय अनशन्धान गर्ने र टुङ्गोमा पुर्याउने विषय बनाएन। तर जव सुनिल शर्माले जनताको आवाज संसदमा उठाए अनि उनको आवाजसँग डराएको सरकारले नियोजित रुपमा सीआईबी मार्फत नियन्त्रणमा लिएको आरोप छ।

कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिबाकोटीले शर्मा पक्राउ पर्ने वित्तिकै ‘सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो?’ भन्दै प्रश्न उठाएका थिए। ‘संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्विकृती दिएका हुन?’ उनले भनेका थिए–‘कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन? शर्मा पक्राउपछि सार्वजनिक गरिएको नक्कली प्रमाणपत्रको आरोप गृह र अर्थमन्त्रीले रिसीबी साँधेको रुपमा नदेखियोस। निष्पक्ष छानविन होस। न्याय निरुपणमा आग्रह पूर्वाग्रह नदेखियोस।’

केहि दिनदेखी सुन तस्करीको बिषयमा बोल्दै शर्माले भरियालाई पक्राउ गरेर मालिक उम्काउने प्रयत्न भए संसदमै अनसन वस्ने चेतावनी दिएका थिए। गृहमन्त्री र अर्थमन्त्रीको स्विकृती नभई विमानस्थलबाट भन्सार चेक जाँच भई त्यत्रो सुन वाहिर पुग्न सम्भवै नभएको भन्दै उनले नैतिक्ताका आधारमा गृह र अर्थमन्त्रीले राजिनामा दिएर अनुशन्धानलाई सहज वनाउनु पर्ने बताएका थिए।

यो घोषणापछि उनले आफुलाई समस्या पर्न सक्ने महसुस भने गरेका थिए। ‘जनता र सुशासनको पक्षमा आवाज उठाउँदा शीर्ष नेताहरूको डिजाइनमा आफूलाई सिद्याउन खोजिएको’ उनले वताएका थिए। ‘मलाई सिआईबी लगाएर, अनेक फाइल खडा गरेर कसरी यसलाई घेराबन्दी गरेर पक्राउन सकिन्छ भनेर लागिरहेका छनन’ उनले भनेका थिए–‘तर मलाई यी चिजले कुनै फरक पर्नेवाला छैन। म सबै कुरा भोग्न÷बेहोर्न तयार भएको मान्छे हुँ । मलाई बाटामा हिँड्दाखेरी गोली पनि हान्न सक्छन्, म कहीँ मारिन पनि सक्छु । यो कुरा थाहा पाएर मेरो घरपरिवारलाई काउन्सिलिङ गरेर बसेको छु ।’

उनले आफु मृत्युवरण गर्न तयार भएर नेपाली जनताको पक्षमा आवाज उठाउन अगाडि सरेको वताएका थिए। 

सुनिल शर्मा

विशेष