News

सीके राउतलाई सरकारमा भित्र्याउन मन्त्री मोदीको बली दिदै प्रचण्ड

सीके राउतलाई सरकारमा भित्र्याउन मन्त्री मोदीको बली दिदै प्रचण्ड

सीके राउतको पार्टी जनमतलाई सरकारमा भित्र्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको मन्त्री पद खोस्ने भएका छन्।

जनमतलाई सरकारमा सहभागि गराउन माओवादीले एक जना मन्त्री फिर्ता वोलाउनै पर्ने वाध्यता भएपछि मोदीलिाई फिर्ता सरकारबाट हटाउन लागिएको हो। जनमतबाट अनिता देवी मन्त्री हुने सम्भावना छ ।

त्यसका लागि सबैभन्दा पहिला माओवादीले आफ्नो भागमा परेको मन्त्रालय छोड्नुपर्ने हुन्छ ।  मोदीलाई फिर्ता बोलाएर जनमतले सिफारिस गरेका सांसदलाई मन्त्री बनाउने प्रधानमन्त्रीको तयारी रहेको उनी निकट स्रोतको दावी छ।

स्रोतका अनुसार मोदीले जुन रफ्तारमा काम गर्नुपर्ने थियो, त्यो गर्न नसक्दा पनि फिर्ता बोलाउने मन्त्रीको सूचीमा उनको नाम परेको हो। 

पहिलो पटक समानुपातिक सांसद बनेका मोदीले २०७४ मा भने प्रत्यक्ष निर्वाचनमा भाग लिएका थिए । कांग्रेस नेता महेश आचार्यलाई उनले पराजित गरे ।  वाम गठबन्धनबाट मोरङ ४ का उम्मेदवार बनेका मोदी कांग्रेसका आचार्यलाई पराजित गर्दै दोस्रो पटक संसद छिरेका थिए ।

०७९ को निर्वाचनमा मोदीले एमालेका विनोद ढकाललाई पराजित गरेका थिए । तेस्रोपटक सांसद बन्दा उनी पहिलोपटक मन्त्री बनेका हुन। 
 

विशेष