News

प्रहरी हिरासतबाट रिहा हुँदै गर्दा ‘केपी ओली जिन्दावाद’ भन्दै निस्किए सुनिल शर्मा

कस्टडीमा हुँदा ओलीले मेरो पिताजीसरह रोल निर्वाह गर्दिनु भयो

प्रहरी हिरासतबाट रिहा हुँदै गर्दा ‘केपी ओली जिन्दावाद’ भन्दै निस्किए सुनिल शर्मा

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सीआईबीले पक्राउ गरेका कांग्रेस सांसद सुनिल शर्मा शुक्रवार साँझ रिहा हुँदै गर्दा ‘केपी ओली जिन्दावाद’ भन्दै निस्किए। पकारले उनलाई ‘शेरबहाादुर देउवा चै जिन्दावाद होईन?’ भन्दै प्रश्न गरेपछि उनले ओलीलाई आफनो पिता जस्तै भएको वताए।

‘मलाई कस्टडीमा भएको वेला धेरै मद्दत गर्नु हुने डा. शेखर कोईराला, गगन थापा, अर्जुननरसिंह केसीलगायतलाई मेरो हृदयको अन्तस्करणबाट। मेरो पिताजीको जस्तै, मेरो पिताजी वुढो हुनुहुन्छ। अलि त्यति यो लेभलमा हुनुहुन्न। सामान्य गाउँबाट दुःख गरेर आएको मान्छे हौ हामी। सुकुम्वासीको छोरा हौं हामी। मेरो पिताजी यहाँ हुनुहुन्न अस्ट्रे्लियामा भएपनि पिताजीसरह रोल निर्वाह गर्दिनु भएको राष्ट्रनायकको रुपमा वहाँले आफुलाई उभ्याउनु भएको केपी शर्मा ओली । मैले अस्ति पनि तपाईहरलाई भन्या’थे। केही गुणहरु राम्रा छन् भनेको थिए। वहाँ र वहाँको पार्टीलाई म फरक पार्टीको भए पनि हृदयको अन्तस्करणबाट धन्यवाद दिन चाहान्छु। र वहालाई म भेट्छु पनि।’ उनले भने। 

शर्माले गृहमन्त्रीलाई आतंककारीको संज्ञा दिदै माआवादीसँगको सरकारको एलायन्समा रिथिंक गर्नुपर्ने वेला भएको वताए। ‘यस्तो आतंककारी गृहमन्त्रीले त एक मिनेट÷एक सेकेण्ड यो सत्तामा वसिरहन मिल्दैन। वहाँ हट्ननुपर्छ। प्रचण्डजीले हटाउनुपर्छ’ उनले भने–‘यो गृहमन्त्री टिकाउनतर्फ लाग्नु भयो भने वहाँको सरकार ढल्छ लेखेर राख्नोस।’

प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा आफुलाई गिरफ्तार गरिएको वताएका उनले गिरिजा प्रसाद कोईरालासँग सम्पर्क गराएर जंगलबाट निकालेर शान्तिपुर्ण राजनीतिमा ल्याएको गुन प्रचण्डले हतकडी लगाएर तिरेको भन्दै ब्यंग्यात्मक रुपमा धन्यवाद दिए।

सुन तस्करका संरक्षकहरु गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा मागेर अनशन वस्ने घोषणा गरेपछि आफुलाई पक्राउ गरिएको उनले दावी गरे। ‘मैले उठान गरेको एजेन्डा जुन छ। सुन तस्करहरुका संरक्षकहरु। विशेषतः अहिलेका अर्थमन्त्री र गृहमन्त्रीको राजिनामाको मागसहित मैले आमरण अनसनको घोषणा गरेको थिए। त्यो अनसनलाई विगार्नका निम्ती, त्यसलाई तोडमोड गर्नका निम्ती र सत्तामा टिकिरहनका निम्ति मलाई एरेष्ट गरिएको थियो’ उनले भने–‘३० वर्ष पुरानो फाईल, तेस्रो पल्ट मलाई गिरफ्तार गरिएको हो। यो गैरकानुनी छ आफैमा।’ आफनो शैक्षिक प्रमाण पत्र सक्कली भएको र अदालतबाट पुष्टि गरेर देखाउने उनले दावी गरे।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामुक्त गरेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका हुन। विहिवार गोल्फुटारबाट पक्राउ परेका शर्मालाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत उपस्थित गराएको थियो।

सुनिल शर्मा

विशेष