News

उपचार गराएर फर्किंदै गरेका प्रहरीको पहिरोमा झरेको ढुंगाले लागेर मृत्यु

उपचार गराएर फर्किंदै गरेका प्रहरीको पहिरोमा झरेको ढुंगाले लागेर मृत्यु

मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसेमा सुक्खा पहिरासँगै खसेको ढुंगाले लागेर घाइते भएका एक प्रहरीको मृत्यु भएको छ। प्रहरी चौकी भैंसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो। 

मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुंगाले लागेर घाइते भएका प्रहरी जवान नेपालीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

भैंसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका वेला गत विहिवार उनी चिप्लिएर घाइते भएका थिए। त्यसपछि हेटौंडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुंगाले लागेर नेपाली पुनः घाइते भएका थिए। 

मृत्तक नेपाली जाजरकोटको शिवालय नगरपालिका–८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनको शव आज परिवारलाई जिम्मा लगाइ जाजरकोट पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले वताए।
 

विशेष