News

कैदीको हत्या आरोपमा कारागार प्रमुख र प्रहरी विरुद्ध किटानी जाहेरी

कैदीको हत्या आरोपमा कारागार प्रमुख र प्रहरी विरुद्ध किटानी जाहेरी

संखुवासभा कारागारका दुई कैदीको कुटीकुटी हत्या गरेको आरोपमा कारागार प्रमुख र प्रहरी विरुद्ध किटानी जाहेरी परेको छ। 

जिल्ला कारागारका निमत्ति प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी असई लक्ष्मी चौधरीलगायतविरूद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा शनिबार उजुरी दर्ता गराएका हुन् ।

जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट कैदी संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।

मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मीलगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदार बताए ।

कैदीहरूको कुटपिटबाट मृत्यु भएपछि पीडितका आफन्तहरूले शवको पोष्टमार्टम नगरी विरोध गर्दै आएका थिए । 
 

विशेष