News

अर्थमन्त्रीको चुनौतीः सुन तस्करीको प्रमाण ल्याउँनोस म यहाँ वस्दिन

अर्थमन्त्रीको चुनौतीः सुन तस्करीको प्रमाण ल्याउँनोस म यहाँ वस्दिन

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याए पदबाट तत्कालै हड्ने वताएका छन्। उनले आरोप पुष्टि गर्न पनि चुनौती दिए।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए । यदि प्रतिक्रिया दिंदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए ।

कांग्रेस सांसद सुनिल शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।

अर्थमन्त्री डा. महतले उनको नाम नलिई भने– ‘त्यसोभए जे उहाँले राख्नुभयो, त्यो उचित हो ? यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ बस्दिनँ ।’

सिद्धान्त, नीतिगत विषयमा मतभेद हुनसक्ने, तर कुनै पनि बहानामा होच्याउने, लाञ्छना लगाउने यही मौका हो, सकिहालोस् भन्ने आफू र आफ्नो दाइ (डा. रामशरण महत) को ट्रयाक रेकर्ड र संस्कार दुवै नभएको उनले बताए ।

विशेष