News

नक्कली भन्दै पक्राउ गरिएका डाक्टर सक्कली परेपछि...

नक्कली भन्दै पक्राउ गरिएका डाक्टर सक्कली परेपछि...

नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको आरोपमा सीआईबीले पक्राउ गरेका ७ मध्ये एक जना सक्कली डाक्टर रहेको खुलेको छ। डा रञ्जित यादवको प्रमाण पत्र सक्कली भएको भेटिएको छ।

नाम थर जुधेकाले नक्कली शैक्षिक प्रमाणपत्रको प्रकरणमा  सक्कली डाक्टर रञ्जित यादवलाई पक्राउ गरिएको नेपाल मेडिकल काउन्सिलले जनएको छ। काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले प्रहरीले गलत ब्यक्तिलाई प्रकाउ परेको बताए।

‘बाबुको नामबाहेकसबै मिल्न जाँदा प्रकाउ पर्नुपर्ने भन्दा अर्कै व्यक्ति प्रकाउ परेछन् अहिले हामीले  उहाँको सबै प्रमाणपत्रहरु सिआइबीलाई पठाइसकेका छौ’ उनले भने–‘अब प्रक्रिया मिलाएर छुट्नुहुन्छ होला।’

सिआइबीले पक्राउ गरेका काठमाडौंको इशान अस्पताल धापासीका चिकित्सक डा. श्रद्धा सिल्पकार र मोरङका  मनिष चौधरीले आफ्नै फार्मेसी सञ्चालन गरेका व्यक्ति हुन्। सिआइबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत कांग्रेसका सांसद समेत रहेका डा सुनील शर्मा, डा रञ्जितकुमार यावद, डा अमृत चौधरी, डा रामबाबु यादव र डाक्टर एरिना यादवसहित ७ जनालाई प्रकाउ गरेको हो। 

डा शुनिल शर्मा चीनबाट एमबिबिएस गरेर आएका विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंको काठमाठौं मेडिकल कलेजका संचालकसमेत हुन। यस्तै , डा अमृत चौधरी त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका चिकित्सक हुन्।
 

विशेष