News

शेरबहादुरलाई सुनिल शर्माको चेतावनीः संसदमा बोल्न नदिए विद्रोह गर्छु

शेरबहादुरलाई सुनिल शर्माको चेतावनीः संसदमा बोल्न नदिए विद्रोह गर्छु

मोरङ ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसदमा बोल्न नदिए विद्रोह गर्ने सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन्। आफुले पटकपटक समय माग्दा पनि बोल्न नपाएको गुनासो गर्दै उनले यस्तो चेतावनी दिएका हुन।

अब पनि बोल्न समय नदिए विद्रोह गर्ने उनको चेतावनी छ । आइतबार पार्टी संसदीय दलको बैठकमा सहभागी भएका शर्माले पछिल्लो समय संसद बोल्न माग्दा समय नपाएको बताए ।

‘पञ्चायत जस्तो बोल्न दिनु भएन भने म बिद्रोह गर्छु । सभामुखसँग समय माग्छु, दिनु भएन भने उभिन्छु ।’– उनले भने। पछिल्लो पटक आफूले अब पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर बोलेको समेत उनले सुनाए ।

सुन तस्करी प्रकरणमा आफूले गृहमन्त्री र अर्थमन्त्रीमाथि नीतिगत प्रश्न मात्र उठाएको बताए। संसदीय दलको बैठकमा शर्माभन्दा अगाडि बोलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा संलग्न भएको प्रमाण ल्याउन चुनौती दिएका थिएपछि उनले यस्तो बताएका हुन।

‘भन्सारबाट क्विन्टलका क्विन्टल सुन आउने, अनि पुलिस प्रशासनको नेतृत्व गरेको गृहमन्त्रालयलाई पनि थाहा नहुने, अर्थमन्त्रीलाई पनि थाहा नहुने भन्ने नेपालीले जनताले पत्याउँछन् त ?’ अर्थमन्त्री डा. महतसँग आफ्नो व्यक्तिगत विवाद नभएको भन्दै सांसद शर्माले भने, ‘यो भन्दा ठूलो प्रमाण के हुन्छ ।’

सांसद शर्माले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन समेत माग गरे । 
 

सुनिल शर्मा

विशेष