News

सांसद साह भन्छन्– गरुडा चिनिमिलको एक अंश पनि अन्यत्र लान दिदैनौं

सांसद साह भन्छन्– गरुडा चिनिमिलको एक अंश पनि अन्यत्र लान दिदैनौं

रौतहटको श्रीराम सुगर मिल्स पुनःसञ्चालन गर्न माग गर्दै सांसद किरण साहसहितको एक टोलीले आईतवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराएको छ।

टोलीले गरुडा नगरपालिकामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड अप्रत्याशित रुपमा ०७७ साउन ११ गतेदेखि बन्द गर्ने सूचना प्रकाशित हुनु र ०८०साउन ४ गते बैंकले उद्योग बिक्री गर्ने सूचना प्रकाशित गरेको घटनाप्रति किसानहरुको ध्यानाकर्षण भएको टोलीले जनाएको छ।

उद्योग स्थापनाको समयमा स्थानीयहरुले भविष्यको लागि भन्दै जग्गा सहुलियतमा उद्योग खोल्न बिक्री गरेको र अहिले बन्द भएसँगै किसानहरुलाई दैनिकी चलाउनै असहज भएको बताए ।

उनीहरुले अप्रत्याशित रुपमा गरिएको टेण्डर प्रक्रिया रद्ध गर्नुपर्ने, उद्योग सञ्चालनमा राज्य पक्षले आवश्यक समन्वय एवं सहयोग गरी सञ्चालन गर्नुपर्ने, उद्योगको नाम÷स्वामित्वमा रहेको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नपाउने, उद्योगलाई धराशायी बनाउने कर्मचारी तथा दलालहरुलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग सहितको ज्ञापनपत्र मन्त्री रिजालाई बुझाएका छन् ।

रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले किसानहरुका माग नजरअन्दाज भए जनसंघर्षका कार्यक्रम थालनी हुने चेतावनी समेत दिए । 
 

विशेष