News अपराध सुरक्षा

सर्लाहीमा युवकको विभत्स हत्याः टाउको पुल मुनी, शरीर ७ किलोमिटर टाढा जंगलमा

सर्लाहीमा युवकको विभत्स हत्याः टाउको पुल मुनी, शरीर ७ किलोमिटर टाढा जंगलमा

सर्लाहीमा पुल मुनी टाउको फेला परेका युवकको शरीर दुई दिनपछि झन्डै ७ किलोमिटर टाढा कालिन्जोरको जंगलमा फेला परेको छ। भारतको सीतामढी जिल्ला मनियारीका २३ वर्षीय गोलु भनिने अभिषेख राजको टाउको बिहीबार बिहान हरिवन–४ स्थित लखन्देही पुलमुनि भेटिएको थियो।

उनको शरीर शनिबार साँझ पूर्व–पश्चिम राजमार्गबाट करिब २५ मिटर दक्षिण लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर जंगलमा फेला परेको हो । टाउको र शरीर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार गोलु साउन २० गते आफ्ना ४ जना साथीसँग नेपाल आएका थिए । गोलुसँग आएका चारै जना युवक अहिले फरार छन् । गोलीको हत्या तीनै चार जनाले गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

पाँचैजना भारतको ग्याङस्टा रहेको खुलेको छ । हत्या भएका युवकसहित उनीसँगै आएका चार जनामाथि भारतमा हत्या लगायतका अभियोग दर्ता रहेको सर्लाही प्रहरीका एसपी नरेशराज सुवेदीले बताए । हत्या भएका गोलु पनि केही दिनअघि भारतमा एक व्यक्तिलाई गोली हानेर फरारको सूचीमा रहेको पाईएको छ। 
 

विशेष