News

नीति निर्माण तहमा सिप्रदीको हस्तक्षेप, मन्त्री किनेर करका दर हेरफेर

जनार्दनले वढाएको गाडीको कर प्रचण्ड सरकारले घटायो, विचौलीया ब्यापारीलाई घाटा

नीति निर्माण तहमा सिप्रदीको हस्तक्षेप, मन्त्री किनेर करका दर हेरफेर

नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदीले नेक्सन कारको विक्री वढाउन तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई प्रभावमा पारेर प्रतिस्पर्धी गाडीको विक्रीमा वन्देज लगाउने नीति अख्तियार गरेको पाईएको छ।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा सिमित ब्यापारिक घरानालाई फाईदा पुग्ने गरी करका दर हेरफेर गरेको चर्चा चलेको थियो। सोही प्रकरणमा मन्त्री शर्मा आलोचित समेत भएका थिए। त्यस वेला सिप्रदी ट्रेडिङ र चौधरी ग्रुपको सीजी कम्पनीको प्रभावमा परेर माओवादी नेता एवम मन्त्री जनार्दन शर्माले १०० किलोवार्ट भन्दा वढी क्षमताका गाडीमा कर वृद्धि गरेका थिए।

कर वृद्धि खास गरी प्रतिस्पर्धी कम्पनीका गाडीलाई वजारमा टिक्न नदिने योजना अनुसार गरिएको आरोप थियो। सीजी ग्रुपले नेटा ब्राण्डको कार विक्री वितरण गर्दै आएको छ। त्यो वेलाको सरकारले १०० किलोवार्ट भन्दा माथिका गाडीमा करिव ४५ प्रतिशत कर वृद्धि गरेको थियो। जसका कारण ११५ किलोवार्टका एमजी, कियाको निरो, हुण्डाईको कोना लगायतका गाडीको अत्याधिक मुल्यवृद्धी भएको थियो।

सरदर ५२ लाख पर्ने गाडीको मुल्य झण्डै ७२ लाखसम्म पर्न थालेपछि तुलनात्मक रुपमा ९९ किलोवार्टको नेक्सन इभी सस्तो देखेर मान्छेले यही गाडी खरिद गर्न थाले। यस वेला सिप्रदीले झण्डै २ सयको हाराहारीमा नेक्सन कार विक्री गरेको अनुमान छ।

तर, पछिल्लो सरकारले यो कर प्रणालीलाई सुधार गर्दै झण्डै २० प्रतिशत कर घटाएपछि मानिसहरु पुनः एमजी, निरो, कोना लगायतका गाडी खोज्न थालेका छन्। प्रचण्ड सरकारले गाडीमा लागेको कर घटाएर जनार्दनले अवैज्ञानिक रुपमा करका दर हेरफेर गरेको पनि पुष्टि गरेको छ। 

सिप्रदी

विशेष