News

पिताजी समान ओलीलाई भेट्न बालकोट पुगे सुनिल शर्मा

पिताजी समान ओलीलाई भेट्न बालकोट पुगे सुनिल शर्मा

सीआईबीले पक्राउ गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहयोग गरेको भन्दै ‘पिताजी समान’ भन्दै प्रशंसा गरेका कांग्रेस सांसद सुनिल शर्मा उनलाई भेट्न निवासमै पुगेका छन्।

आइतबार विहान करिव ९ वजे उनी ओली निवास बालकोट पुगेका थिए । ओली र शर्माबीच करिब एक घण्टा कुराकानी भएको थियो । नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा रिहा भएका थिए ।

थुनामुक्त भएपछि शर्माले आफ्नो बाबुसमान भन्दै एमाले अध्यक्ष ओलीको प्रशंसा गरेका थिए। उनी हिरासतबाट निस्कदै गर्दा ‘केपी ओली– जिन्दावाद’ भन्दै निस्किएका थिए। शनिबार एक अन्तर्वार्तामा उनले आफूले आइतबार ओलीसँग भेट्ने तय भएको पनि बताएका थिए ।

शर्माले १० साउनको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने धारणा राखेका थिए। सोही विषयमा आफुलाई प्रतिशोधका लागि पक्राउ गरिएको उनको आरोप छ।

सुन तस्करका संरक्षकहरु गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा मागेर अनशन वस्ने घोषणा गरेपछि आफुलाई पक्राउ गरिएको उनले दावी गरे। ‘मैले उठान गरेको एजेन्डा जुन छ। सुन तस्करहरुका संरक्षकहरु। विशेषतः अहिलेका अर्थमन्त्री र गृहमन्त्रीको राजिनामाको मागसहित मैले आमरण अनसनको घोषणा गरेको थिए। त्यो अनसनलाई विगार्नका निम्ती, त्यसलाई तोडमोड गर्नका निम्ती र सत्तामा टिकिरहनका निम्ति मलाई एरेष्ट गरिएको थियो’ उनले भने–‘३० वर्ष पुरानो फाईल, तेस्रो पल्ट मलाई गिरफ्तार गरिएको हो। यो गैरकानुनी छ आफैमा।’

शर्माले गृहमन्त्रीलाई आतंककारीको संज्ञा दिदै माआवादीसँगको सरकारको एलायन्समा रिथिंक गर्नुपर्ने वेला भएको वताएका छन। ‘यस्तो आतंककारी गृहमन्त्रीले त एक मिनेट÷एक सेकेण्ड यो सत्तामा वसिरहन मिल्दैन। वहाँ हट्ननुपर्छ। प्रचण्डजीले हटाउनुपर्छ’ उनले भनेका छन्–‘यो गृहमन्त्री टिकाउनतर्फ लाग्नु भयो भने वहाँको सरकार ढल्छ लेखेर राख्नोस।’

प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा आफुलाई गिरफ्तार गरिएको वताएका उनले गिरिजा प्रसाद कोईरालासँग सम्पर्क गराएर जंगलबाट निकालेर शान्तिपुर्ण राजनीतिमा ल्याएको गुन प्रचण्डले हतकडी लगाएर तिरेको भन्दै गुनासो गरेका छन्।

सुनिल शर्मा

विशेष