सांसद सुनिल शर्माले ‘कट्टुमै आमरण अनशन वस्ने घोषणा’ गरेपछि...
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले फेरी पनि संसदमा आमरण अनशन बस्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन वस्ने उनले दोहार्याएका छन्।
‘अहिलेका गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर गर्छु’ उनले सोमबारको प्रतिनिधिसभा बैठकमा भने।
सुन तस्करी प्रकरणमा नैतिक रुपमा संलग्न व्यक्तिहरुको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दुख दिएको भन्दै शर्माले प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको भनी प्रश्न गरे ।
‘गृहमन्त्री, प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ’ उनले भने, ‘यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने, राजीनामा माग्न पाइँदैन भने हामीजस्ता सांसदलाई बिना पक्राउ पुर्जी एरेस्ट गरिन्छ भने जनताको अवस्था हुन्छ ?’
हिरासतमा पनि खानेकुराका ेविषयमा आफुले अनुशनको घोषणा गर्नु परेको उनले सुनाए। आफनो स्वास्थ्य विग्रिएको र घरको खाना ल्याउन दिनु पर्ने कुरा गर्दा नमानेपछि निकैवेर विवाद भएको पनि उनले वताए । ‘घरको खाना ल्याउन नदिने हो भने सवै कपडा फुकालेर अन्डरवेयरमा अनसन वस्छु भनेपछि खाना खान दिईयो।’– उनले भने।
सुनिल शर्मा