News बैंकिङ

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा योजना’

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा योजना’

नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ । 

यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा ७ वर्षका लागि प्रतिवर्ष १० दशमलव ९९ प्रतिशत र १० वर्षका लागि प्रतिवर्ष ११ दशमलव ९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ । 

नबिल बैंककी पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका हौँ ।’

यस योजनाअन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले थपिन् । नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ । बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलोपटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् ।

यो योजनाले २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ । देशभर रहेका यस बैंकका कुनै पनि शाखा कार्यालयबाट यो घर कर्जा सुविधा लिन सकिने बैंकले जनाएको छ । 

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । 
 

विशेष