News

नक्कली शैक्षिक प्रमाणले जागिर खाएको सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

नक्कली शैक्षिक प्रमाणले जागिर खाएको सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

नक्कली शैक्षिक प्रमाण पत्र बनाएर जागिर खाएको भन्दै प्रहरीले विभिन्न बैंकका ६ जना कर्मचारी पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट रहेको बुझिएको छ ।

उनीहरु सिटिजन्स बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेको र यो प्रकरणमा अपरेसन चलिरहेको छ।

यसअघि सीआईबीले नक्कली प्रमाण पत्र अनुशन्धानका लागि डाक्टरहरुलाई पक्राउ गर्दै आएको थियो। 
 

विशेष