News

७ महिनामा १२औं पटक मन्त्री परिषद पुनर्गठन, अनिताले लिईन सपथ

७ महिनामा १२औं पटक मन्त्री परिषद पुनर्गठन, अनिताले लिईन सपथ

जनमत पार्टीकी सांसद अनिता देवी साहले सोमवार विहान मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।

यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।

यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

योसँग प्रधानमन्त्री पुष्पकमल दाहालले ७ महिनामा ८औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् भने चार पटक मन्त्रालयको जिम्मेवारी हेरफेर गरेका छन् ।

दाहाल गत पुस १० मा माओवादी केन्द्रबाट मुलुकको तेस्रो प्रधानमन्त्री बनेका थिए । पुस २६ मा २ सय ६८ सांसदको विश्वास पाएका दाहालसँग अहिले सत्तापक्षमा १ सय ५६ मात्र सांसद छन । 

पुष ११ गते दाहालको ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। माघ ३ गते ४ उपप्रधानमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद बनाए भने माघ २२ रास्वपा सरकारबाट फिर्ता, रास्वपाका २ मन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै लिए।

फागुन १३ राप्रपा सरकारबाट फिर्ता भएपछि थप ३ मन्त्रीको जिम्मेवारी पनि दाहाललाई आईलाग्यो भने फागुन १५ एमाले सरकारबाट वाहिरियो। एमालेका ८ मन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीलाई नै पर्यो। वैशाख ३ परराष्ट्रमन्त्रीमा कांग्रेसका एनपी साउद र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईंलाई दिईयो।

वैशाख २० कांग्रेसका ३ मन्त्री नियुक्त भए। वैशाख २४ गते दाहालले फेरी मन्त्री थपे। जेठ ९ मा जसपाका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री र प्रमिलाकुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका थिए।

विशेष