भरपर्दो बैंकिङ्ग सेवा प्रदान गरेको भन्दै समाचारमा एनआईसीको खण्डन
साउन २१ गते नेपाल आजमा प्रकाशित समाचारलाई एनआईसी एसिया बैंकले खण्डन गरेको छ। आईतवार एक पत्र पठाउँदै समाचारको खण्डन गरेको हो। वैंकले समाचार पूर्ण रुपमा भ्रामक, कपोलकल्पित र अतिरंजित भएको जनाएको छ।
बैंकको खण्डन जस्ताको तस्तै
श्री अध्यक्ष/सम्पादक/प्रकाशक ज्यू,
नेपाल आज प्रा.लि.
पञ्चकुमारी मार्ग, नयाँवानेश्वर, काठमाडौं ।
विषयः झुठ्ठा, भ्रामक र आम सर्वसाधारणमा भ्रम सिर्जना गर्ने गरी प्रकाशित÷प्रसारित सामग्रीको खण्डन गरी दिने बारे ।
महोदय,
भरपर्दो बैंकिङ्ग सेवा प्रदान गरी मुलुकको अर्थतन्त्र उकास्न उल्लेखनीय योगदान गर्दै आम सर्वसाधारणमा वित्तीय पहुँच सुनिश्चित गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई प्रमुख प्राथमिकता सहित आम सर्वसाधारणमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको यस बैंक तथा यसका संचालक तथा व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरुको ख्यातिमा गम्भीर र दुरगामी असर पर्न सक्ने जानीजानी तहाँ ‘नेपाल आज प्रा.लि.’ द्वारा संचालित अनलाईन न्यूज पोर्टल नेपालआज डट कम तथा यसका विभिन्न सामाजिक सञ्जालका माध्यमहरु मार्फत मिति २०८०/०४/२१ (सन् ६ अगष्ट २०२३) मा ‘एनआईसीले ऋण असुल्न भिœयायो भारतीय भाडाका गुण्डा ...’, भन्ने कपोकल्पित तथा अतिरञ्जित शीर्षक राखी यस बैंकका बिरुद्धमा झुठ्ठा कपोकल्पित एवं अतिरञ्जित समाचार सामग्री प्रकाशन÷प्रसारण गर्नु भएको हुँदा उक्त झुठ्ठा प्रकाशित/प्रसारित सामग्रीले यस बैंक तथा यसमा आवद्धहरुको साख, इज्जत, मान मर्यादा प्रतिष्ठा समेतलाई होच्याउने, गाली बेइज्जती गर्ने, इज्जतमा धक्का पु-याई व्यवसायिक साखमा हानी नोक्सानी पार्ने काम गरेकोले सो झुठ्ठा सामग्री प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएकोले उक्त झुठो विषयवस्तुको तहाँको मुख्य पृष्ठमा यथासिघ्र खण्डन प्रकाशन/प्रसारण गरी दिनु अनुरोध गर्दछौं ।
तहाँले उक्त समाचार सामग्रीमा अनर्गल र झुठ्ठा सामग्री प्रकाशन/प्रसारण गरी बैंकको मान सम्मान, इज्जत, प्रतिष्ठामा आँच आउने, चरित्र हत्या हुने तथा अपमान हुने मनोवल गिराउने, हुँदै नभएको झुठ्ठा समाचार प्रकाशन/प्रसारण गरी एन आई सी एशिया बैंकको संस्थागत साख, मान सम्मान घटाउने दुषित नियतले झुठ्ठा समाचार सामग्री प्रकाशन/प्रसारण गरी संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक व्यवसाय गर्न पाउने मौलिक हकमा गम्भीर चुनौति र असर पुग्ने कार्य गरी बैंकले आज सम्म समाजमा आर्जन गरेको ख्याती, आजसम्म निर्वाह गरेको समाजसेवाका कार्यहरु विरुद्ध हिलो छ्याप्ने तथा साखमा गभ्भीर असर पुर्याउने गरी सामग्री प्रकाशन÷प्रसारण गर्दा सामग्रीका विषयवस्तुका सम्बन्धमा हाम्रो प्रतिकृया समेत नलिई आफूखुसी हाम्रो बिरुद्धमा सामग्री प्रकाशन÷प्रसारण गर्ने गराउने कार्य पत्रकारिताको आचार संहिता तथा अन्य प्रचलित कानून समेतको पालना नगरि झुठ्ठा सामग्री प्रकाशन÷प्रसारण गरेको यस बैंकको ठहर छ ।
सर्वप्रथम तहाँबाट प्रकाशित÷प्रसारित भएको समाचार विषयवस्तुमा भएको “एउटा कम्पनीको नाममा रहेको चेक अर्कै कम्पनीको खातामा जम्मा गरिदिने, खातामा भएको पैसा वेपत्ता पारिदिने, जग्गा धनीलाई थाहै नदिई र्किते कागजात बनाएर ऋण निकालेर खाने लगायतका काम बैंकले गर्दै आएको छ । ... पछिल्लो समय यो बैंकले ऋणीलाई टार्गेटमा राखेर गुण्डा शैली अनुसरण गर्न थालेको छ... त्यतिमात्रै होइन, अहिले त एनआईसीले ऋण असुल गर्न भारतीय गुण्डा नै भित्राएको... त्यहि गुण्डाको टीमले बैंककोे म्यानेजमेन्ट पाटो हेर्ने गरेको छ... छवी राम्रो देखाउने तर व्यवहारमा निर्मम हुने गरेको... उच्च म्यानेजमेन्टका सदस्यहरु भने बैंकको काम भन्दा पनि रासलीलामा मस्त .... । माडवारीहरुद्धारा सञ्चालित यो बैंकको व्यवस्थापन पक्ष भने व्यवस्थापनमा सिमित छ । उनिहरुले विदेशी गुप्तचरहरुको फुर्ति लगाएर राजनीतिमा आफ्नो पकड बनाउने गरेको... ” भन्ने पूर्ण रुपमा झुठ्ठा एवं अतिरञ्जित सामाग्री प्रकाशन/प्रसारण गरेको प्रष्ट छ ।
तहाँले उक्त सामग्री प्रकाशन÷प्रसारण गर्दा यस बैंकको प्रतिक्रिया नलिई गरेको उक्त प्रकाशित÷प्रसारित मन गढन्ते सामग्रीले बैंकको निक्षेपकर्ताहरु तथा लगानीकर्ताहरुको हक हितमा प्रतिकुल असर पुर्याउने, बैंकिङ्ग तथा वित्तीय सेवा प्रति सर्वसाधारणमा भ्रम फैलाई समग्र वित्तीय प्रणालीमा समेत नकारात्मक प्रभाव पारि सवल सुदृढ बैंकिङ्ग व्यवसायलाई नै धरासायी बनाउन र बैंकप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पार्ने दूषित मनसायले बैंकका विरूद्ध भ्रामक हल्ला फिँजाई मानमर्दन गर्ने र बैंकिङ्ग सेवामा हस्तक्षेप वा अवरोध सिर्जना गर्ने जस्ता काम कारवाहीले अभिव्यक्ति स्वतन्त्रताको चरम दुरुपयोग गरेको प्रष्ट हुन्छ ।
आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान र रक्षा गर्नु अधिकार विधिशास्त्रको आधारभूत मान्यता हो ।
तसर्थ तहाँ ‘नेपाल आज प्रा.लि.”द्वारा संचालित नेपालआज डट कम तथा यसका सामाजिक सञ्जालहरुले यस बैंकको स्वीकृति विना भ्रामक, झुठ्ठो, कपोकल्पित र आधारहिन समाचार प्रकाशन/प्रसारण गरि अभिव्यक्ति स्वतन्त्रताको नाममा अमर्यादित कार्य गर्नु भएकोमा तहाँले आत्मालोचना सहित यथासिघ्र खण्डन प्रकाशन/प्रसारण गर्नु हुन सादर अनुरोध गर्दछौं ।
अतः पत्रकार आचारसंहिता, २०७३ को बुँदा नं.४ को ६ मा उल्लेखित ‘पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ भई सत्य तथ्य समाचार र सन्तुलित विचार सम्प्रेषण गर्नुपर्दछ’ भन्ने व्यवस्था समेतलाई बेवास्ता गरि तहाँबाट प्रकाशित÷प्रसारित प्रसारित उक्त झुठ्ठो एवं कपोकल्पित समाचार सामग्रीले यस बैंक तथा यसमा आबद्ध व्याक्तिहरुको मान सम्मान र प्रतिष्ठामा गम्भीर असर गरेको, यस बैंकलाई बिश्वास गरी खर्बौ रकम निक्षेप जम्मा गर्ने निक्षेपकर्ता र बैंकका समग्र ग्राहकवर्गहरुमा भ्रम सिर्जना हुने गरी यस बैंकको समग्र शुभचिन्तकहरुमा गहिरो ठेस पुर्याउने कार्यमा राज्यको चौथो अंगको रुपमा रहेको तहाँ मिडिया संलग्न रहनु भएकोले अब उप्रान्त जिम्मेवार भई सत्य, तथ्यमा आधारित समाचार मात्र प्रसारण गर्न र पत्रकारिताको आचार संहिता तथा प्रचलित कानून प्रतिकूल हुने गरी झुठ्ठा कपोकल्पित समाचार प्रकाशन/प्रसारण नगर्न सादर अनुरोध गर्दै अभिव्यक्ति स्वतन्त्रताको नाममा अमर्यादित कार्य गर्नु भएकोमा तहाँले आत्मालोचना सहित यथासिघ्र खण्डन प्रकाशन/प्रसारण गरी सामाजिक सञ्जालहरुबाट यस प्रकारका सामग्रीहरु हटाउन समेत अनुरोध गर्दछौं । तहाँबाट आत्मालोचना सहित यथासिघ्र खण्डन प्रसारण नगर्नु भएमा तहाँ बिरुद्ध बाध्य भई कानूनी उपचार खोजिने ब्यहोरा समेत जानकारी गराउँदछौं ।
भवदीय,
एन आई सी एशिया बैंक लिमिटेड
बोधार्थ
१. प्रेस काउन्सिल नेपाल
बैंकले अनलाईनमा प्रकाशित समाचार झुठो भनेपनि समाचारमा उठाईएका विषयवस्तु प्रमाणित भईसकेका विषय हुन।
बैंकले ०७९ चैतमा इटहरीका विक्रम तिम्सिना (विक्रम श्री ) को घरको गेटमा सुरक्षा गार्ड तैनाथ गरेर बैंकबाट लिएको ऋणको सावाँ–व्याज तिर्न मानसिक दबाव दिएको विषय सर्वसाधारणले वुझेकै विषय वस्तु हो। वैंकका कर्मचारीले हरेक दिन गएर फोटो खिच्ने, एकै दिन दर्जनौं पटक फोन गर्ने लगायतका गतिविधि गरेर तिम्सिनालाई मानसिक दबाब दिएको समाचार अहिले पनि विभिन्न अनलाई पोर्टलहरुमा यथावत छन्।
यसैगरी, मोरङको पथरी शनिश्चरेमा रहेको एनआईसी एशिया बैंकले स्थानीय काविल कन्ट्रक्सन प्रा.लि. को नाममा काटिएको ३७ लाख ७३ हजार ६ सय १३ रुपैयाँको चेक अर्कै कम्पनीको खातामा जम्मा गरिदिएको थियो। आफु पार्टनर भएको कम्पनीको रकम आफुमात्र ‘सिग्नेचरी’ भएको फर्मको खातामा आएपछि सम्वन्धित व्यक्तिले पैसा लिएर गए ।
जुन कम्पनीको नाममा चेक काटिएको हो, सो कम्पनीको खातामा जम्मा नै भएन । पथरी शनिश्चरे नगरपालीकाले भुक्तानी गरेको कृषि विकास बैंक लिमिटेडको उक्त चेक डिपोजिट गर्न कम्पनीका पार्टनरमध्येका एक गएका थिए । उनले आफ्नोमात्र हस्ताक्षर चल्ने खातामा उक्त चेक जम्मा गर्न आग्रह गर्दा बैंकले सजिलै गरिदियो । तर यो काम नियम विपरित भएको भन्दै अर्का पार्टनरले कुरा उठाएपछि यस्तो रहस्य खुलेको थियो।
पथरी बहुमुखी क्याम्पसमा पार्किङका लागि तत्कालिन स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विनियोजन गरेको योजनाको रकम भुक्तानीमा यस्तो काण्ड घटेको थियो। उक्त योजना काविल कन्स्ट्रक्सन प्रालिले ठेक्का पारेको थियो । काम सम्पन्न भएपछि नगरले काविल कन्ट्रक्सन प्रा.लिलाई काम वापतको चेक दिइएको थियो । तर बैकले उक्त रकम कम्पनीको खातामा नहाली सिधै रकम रविनकुमार राईको खातामा जम्मा गरी भुक्तानी गरेको थियो।
रविन उक्त कम्पनीका पार्टनरसमेत हुन् । बैंकले ३७ लाख ७३ हजार ६ सय १३ रुपयाँको एकाउन्ट पेइ चेक रविन राईको पारुहाङ ग्रिल उद्योगको नाममा जम्मा गरी राईलाई भुक्तानी गरेको देखिको छ।
यस्तै, बैंकको राजविराज शाखामा ०७९ माघमा पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरण सार्वजनिक भएको थियो। वास्तविक जग्गाधनी राजविराज नगरपालिका ८ बस्ने रवीन्द्र यादवले रोक्का रहेको उनको जग्गा धितो राखेर बैंकले ऋण दिएको पत्ता पाएपछि घट्ना वाहिर आएको थियो।
यादवको नाममा रहेको जग्गा राजविराज–९ का वसिरन खातुनको नाममा नक्कली लालपूर्जा तयार गरिएको थियो। सोही नक्कली जग्गाधनी प्रमाणका आधारमा एनआइसी एसिया बैंक राजविराज शाखाबाट २ करोड ८० लाख रुपैयाँ ऋण स्वीकृत गराइ २ करोड ३० लाख रुपैयाँ विभिन्न व्यक्तिका नाममा भुक्तानी समेत दिइएको थियो।
किर्ते गरी बनाइएको सोही नक्कली जग्गा धनी प्रमाण–पत्रको आधारमा बैंकले रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरेको थियो। राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा आसमा खातुनका नाममा दर्ता रहेको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई बैंकले माघ ९ गते सो ऋण प्रवाह गरेको थियो।
वास्तविक जग्गाधनी यादवले यसअघि अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित साविक प्रसवनी गाविस–९ (ग) को कित्ता नम्वर २२१ (९ को ख) को १० कठ्ठा ५ धुर जग्गा राजविराजस्थित सिटिजन बैंकमा धितो राखेर २० लाख रुपैयाँ ऋण लिएका छन्।
सिटिजन बैंकले मालपोत कार्यालय राजविराजमा रोक्का गरिराखेको सोही जग्गाको नक्कली कागज धितो राखेर एनआइसी एसिया बैंकले २ करोड ३० लाख रुपैयाँ ऋण दिएको अनुसन्धानबाट खुलेको हो। कर्मचारीसहितको मिलेमतोमा पहिलेदेखि नै रोक्का रहेको जग्गा फुकुवा नहुँदै नक्कली जग्गाधनी प्रमाणपत्र बनाएर ऋण निकालिएको अनुसन्धानबाट देखिएको छ।
वास्तविक जग्गाधनी यादवले थाहा पाई घटना बाहिरिए लगत्तै बैंकका प्रबन्धक संतोषकुमार यादवसहित बैंकका केही कर्मचारी र व्यवसायीहरू फरार भएका छन्।
यता, ऋणी उठाउन भारती गुण्डा भित्र्याईएको विषयमा मेडिकल ब्यवसायी दुर्गा प्रसाईले नै पुष्टी गरेका छन्। ऋणीलाई धम्क्याउन, तर्साउन र हप्काउने तीनिहरुलाई प्रयोग गर्ने गरिएको प्रसाईले वताउने गरेका छन्।
यति मात्रै होईन, एनआइसी एशिया बैंकले नेपाल आज विरुद्ध भ्रम छर्ने गतिविधि समेत गरेको पाईएको छ। तर, वैंकका कर्मचारी सरोज भट्टराईले भने वैंकले त्यस्तो काम नगरेको वताउँछन्। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्दै यस वैंकले ग्राहक विरुद्ध हुने गरी गरेका कतिपय गतिविधि अझै वाहिर आउन बाँकी नै छ। जसका विषयमा आगामी सृंखलामा प्रश्तुत गर्नेछौं।
एनआईसी