News

मेयर हारेका केशव स्थापित पार्टी जिम्मेवारीबाट पनि मुक्त

मेयर हारेका केशव स्थापित पार्टी जिम्मेवारीबाट पनि मुक्त

नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापित पार्टीको जिम्मेवारीबाट मुक्त भएका छन्। सोमबार बसेको एमाले सचिवालयको बैठकले उनलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको हो।

उनले पार्टी नेतृत्वलाई पार्टीको जिम्मेवारीबाट बिदा लिने बताएकाले सचिवालय बैठकले बिदा दिने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए। स्थापित गत स्थानीय तह निर्वाचनमा बालेन्द्र साहसँग मेयरमा पराजित भएका थिए।

०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार स्थापित ०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पनि उनलाई मेयरमा मनोनीत गरिएको थियो।

शाही कालिन मेयर वनेपछि त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउने तयारीमा रहेका उनी एमाले विभाजनपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा सकृय भए। ०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवार बनेका उनी एमालेमै फकिएर काठमाडौं ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित भए।

एमालेको तर्फबाट बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका स्थापित तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि मन्त्रीबाट हटाइएका थिए।
 

विशेष