News

एलओडी क्लव राजश्व अनुशन्धानमा तानियो, कसरी हुन्थ्यो राजश्व ठगी ?

एलओडी क्लव राजश्व अनुशन्धानमा तानियो, कसरी हुन्थ्यो राजश्व ठगी ?

विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको फुँई लगाएर जसो मन लाग्यो उसौ गर्दै आएको ठमेलस्थितको एलओडी क्लब (नाइट क्लब) को खातापाता राजश्व अनुशन्धान विभागले नियन्त्रणमा लिएको छ।

केही समय अघि क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औं स्थानमा परेको हो।

त्यसपछि लगातार विवाद पर्दै आएको यो क्लव अहिले राजश्व छलीको अनुसन्धानमा तानियो हो। गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको छ ।

शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभाग स्रोतले जनाएको छ । क्लबमा प्रवेश गर्नेसँग मोटो रकम उठाएर न्यून मात्रामा कर दाखिला गरेको सूचनाका आधारमा छापा मारेको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टी गरे ।

सो क्रममा क्लबमा आउनेहरुले तिर्ने र खास कर दाखिला खातामा चढाइने रकम बीचको भिन्नता जाँच गर्न विभागको टोली शुक्रबार रातभर नै बसेको थियो । विभागले उक्त  क्लबबाट दैनिक हुने व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको छ ।

एलओडी नाइट क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाललाई विभागमा हाजिर हुन पनि विभागले पत्राचार गरेको छ । सबैभन्दा धेरै कारोबार हुने भनिएको शुक्रबार एलओडी नाइट क्लबको वास्तविक ग्राहक र कर दाखिला प्रक्रिया सबै बुझ्न लामो अप्रेशन चलाइएको विभागले जनाएको छ ।

केही दिनअघि बालिका बलात्कार प्रकरणमा पनि यस क्लवका संचालकहरु पक्राउ परेका थिए। उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। 

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरुलाई पक्राउ गरेको थियो। बलात्कार अभियोगमा पोखरा घर भई बागडोलमा बस्ने ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए।

जेठ ३१ गते राति फेसबुकबाट चिनजान भएकी एक साथीसँग ति बालिकिा क्लबमा पुगेकी थिइन्। यसरी क्लबभित्र पसेकी पीडितको भेट कोइरालासँग भएको थियो। त्यसपछि उनी साथीसँग सम्पर्क विहिन भएको वताईएको छ।

घर जान्छु भन्दै निस्कन लागेकी उनलाई कोईरालले साथी भएकै ठाउँमा लग्छु, मसँगै छ भनेर बागडोल पु¥याएको र अफिसमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ। 

एलओडी

विशेष