News

श्रीमती हत्या गरेर खोज तलासका लागि निवेदन दिने श्रीमानलाई नै प्रहरीले समात्यो

श्रीमती हत्या गरेर खोज तलासका लागि निवेदन दिने श्रीमानलाई नै प्रहरीले समात्यो

 तेह्रथुममा श्रीमती हराएको भन्दै खोजतलासका लागि प्रहरीमा निवेदन हालेर सम्पर्कविहिन भएका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमती २४ वर्षीया रेसिका (दमन्ता) श्रेष्ठको हत्या आरोपमा आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

२७ साउनमा दमन्ताको शव पसल नजिकै सुँगुरको खोरमा गाडेको अवस्थामा फेला परेको थियो। सोही दिन झापाको काँकडभिट्टास्थित एक होटलमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

साविक थोक्लुङ गाविस वडा नम्बर–२ की रेसिकाको साउन १४ गते हत्या गररे राजकुमारले साउन १५ गते खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए। 

तर प्रहरीले श्रीमतीको हत्या आशंकामा पतिलाई केरकार गरेपछि घरायसी विवादमा दम्पतीबीच झगडा भएकाले रिसको आवेगमा छातीमा मुक्का प्रहार गर्दा रेसिकाको मृत्यु भएको प्रहरीसमक्ष बयान दिएको डीएसपी राजन चापागार्ईंले बताए। 
 

विशेष