News

प्रहरीमा सरुवाको चलखेलः रिस फेर्न ज्ञवालीलाई सरुवा गर्न खोज्दा टेक प्रसादलाई अन्याय

प्रहरीमा सरुवाको चलखेलः रिस फेर्न ज्ञवालीलाई सरुवा गर्न खोज्दा टेक प्रसादलाई अन्याय

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा हस्तक्षेप गरेको र आईजीपीलाई बाईपास गरेको आरोपमा उपत्यका प्रहरी प्रमुख श्याम ज्ञवालीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा सरुवा गर्न लागिएको छ।

काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका अभियुक्तहरूलाई रानी पोखरीमा बोलाएर अख्तियार प्रमुख प्रेम राईलगायतको नाम लिन दबाब दिएको भन्दै ज्ञवाली विरुद्ध आईजी वसन्त कुँवर र कांग्रेस सभापति शेरबहादुर देउवा समेत रुष्ट छन् ।

त्यसैले उनलाई एकेडेमीमा सरुवा गर्न लागिएको स्रोतले जनाएको छ। ज्ञवालीलाई एकेडेमीमा सरुवा गर्दा एआईजीपी टेकप्रसाद राई अन्यायमा पर्ने भएका छन्। त्यस विषयमा राईले आईजीपी कुँवरलाई फोन गरेर गम्भिर असन्तुष्टि जनाएको स्रोतको दावी छ।

राईलाई एकेडेमीबाट निकालेर कार्य विभागमा थन्क्याउने तयारी छ। राईले ‘थन्क्याउने हो भने कार्य विभाग होइन, सुरक्षा परिषदमा पठाइदिनुस्, अरू तपाईँहरूको सरुवा म मान्दिन’ भन्दै फोन गरेको जनाईएको छ।

आईजीपीको प्रतिस्पर्धामा दोस्रो नम्बरमा रहेका राई राजनीतिक पहुँच नभएका कारण पछि परेका थिए। उनले २३ वर्षसम्म ‘अन्डर कभर’ अपराध अनुसन्धानको काम गरेका थिए। 

प्रहरी सरुवा श्याम ज्ञवाली

विशेष