News

महराकी श्रीमतीको मृत्यु हुँदा २ कार्टुन फलफुल बोकेर पुगेका थिए सुन तस्कर वाङ

महराकी श्रीमतीको मृत्यु हुँदा २ कार्टुन फलफुल बोकेर पुगेका थिए सुन तस्कर वाङ

नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफुलाई अनुशन्धानका लागि बोलाउँदै नबोलाएको बताएका छन्।

मंगलबार घोराहीमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा अनुशन्धानका लागि सघाउन आफु तयार रहेको वताए। 

‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु’ उनले भने–‘तर बोलाउँदैनन् त के गर्नु ?’

उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारीका रुपमामात्र चिनेको र त्यस बाहेक कुनै सम्वन्ध नरहेको पनि दावी गरे।

‘मेरी श्रीमतीलाई वाङले आमा भनेर सम्बोधन गर्थे, उनको मृत्युमा दुइ कार्टुन फलफूल लिएर भेट्न आएका थिए । यसलाई फलफूल व्यापारीको रुपमा चिनेको थिएँ’ उनले थपे–‘तर त्यसरी चिन्नु पनि अपराध हो त ? अब त कसैसँग फोटो खिचाउन पनि डर लाग्ने भइसक्यो ।’

महराकी श्रीमती सीताको कोरोनाभाइरस संक्रमणबाट ०७७ कात्तिक १९ गते विहान नर्भिक अस्पतालमा निधन भएको थियो। उनी १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन्।

महराले बरु वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए । उनले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै गलत प्रचार भएको गुनासो गरे । 
 

सुन तस्करी

विशेष