News अपराध सुरक्षा

मादक पदार्थ सेवन गरेर बालिकालाई यौन दुर्व्यवहार गर्ने जवानलाई प्रहरीले किन भगायो ?

मादक पदार्थ सेवन गरेर बालिकालाई यौन दुर्व्यवहार गर्ने जवानलाई प्रहरीले किन भगायो ?

मुस्कानसहितको सेवा दिने अभियान चलाएको नेपाल प्रहरीका एकपछि अर्को अराजक कृयाकलाप सार्वजनिक हुन थालेका छन्।

यीनै कृयाकलाप मध्येको एक हो– धनुषामा लालगढ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रुपेश चौधरीले बालिकालाई यौन दुर्ब्यवहार गरेको घट्ना। चौधरीले मंगलबार राति करिब १० बजेतिर स्थानीय १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ।

मदिरा सेवन गरेर हिँडेका उनले बालिकालाई ‘केही कुरा भन्नू छ’ भन्दै बोलाएर यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरीले बताए।

आरोपी प्रहरी जवान चौधरीलाई प्रहरीले संरक्षण गर्न खोजेको स्थानीयले आरोप लगाएका छन्। उनीहरुले मिथिला नगरपालिका–९ लालगढ स्थित प्रहरीचोकी घेर्दै राजमार्ग समेत अवरुद्ध गरेका छन्। स्थानीयको अवरोधले आधा घण्टा राजमार्ग अबरुद्ध भएको प्रहरले जनाएको छ।

स्थानीयले उनलाई राति नै माफी माग्न लगाउनु पर्ने माग गरेका थिए। तर, प्रहरीले मेडिकल जाँच गराएर ल्याउने भन्दै चौधरीलाई भगाएको स्थानीयको आरोप छ। उक्त प्रकरणपछि स्थानीयवासी थप आक्रोशित भएका छन्। 

विशेष