News

अर्थमन्त्रीको फेसबुक पेज ह्याक, एक महिना प्रयास गर्दा पनि नियन्त्रणमा आएन

अर्थमन्त्रीको फेसबुक पेज ह्याक, एक महिना प्रयास गर्दा पनि नियन्त्रणमा आएन

अर्थमन्त्री प्रकाशशरण महतको आधिकारिक फेसबुक पेज ह्याक भएको छ। उनको पेज भियतनामीको नियन्त्रणमा पुगेको छ।

जुलाई १७ सम्म अर्थमन्त्री महतले अपडेट गरेको पेज आफनो नियन्त्रणम ल्याउन मन्त्रीको सूचना प्रविधि टिम प्रयासरत छन्। तर सफल भएको छैन।

टिमले नेपाल प्रहरीको साइबर ब्युरोको समेत सहयोग लिए पनि फेसबुक पेज पूर्ण रूपमा नफर्किएको टिमका एक सदस्यले जानकारी दिए।

पेज ट्रान्सपरेन्सीमा गएर हेर्दा भियतनामबाट ४ वटा फेसबुक आइडीबाट उक्त पेज ह्याण्डील भएको देखिन्छ। पेज कसरी भियतनामीको नियन्त्रणमा पुग्यो भन्ने पनि खुलेको छैन। 
 

विशेष