News

कांग्रेसमा गुटको किचलोः नेताहरु मञ्चमै हातपातमा उत्रिएपछि विवाद छताछुल्ल

कांग्रेसमा गुटको किचलोः नेताहरु मञ्चमै हातपातमा उत्रिएपछि विवाद छताछुल्ल

रूपन्देही कांग्रेसमा भाँडभैलो सुरु भएको छ। क्षेत्र नम्बर ५ मा आइतबार आयोजित एक कार्यक्रममा सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने भरतकुमार शाह र महासमिति सदस्य फखरुद्दीन खानबीच घम्साघम्सी परेको छ।

शाहले खानलाई लक्षित गर्दै ‘तपाईंजस्ता मान्छे कांग्रेसमा धेरै आए’ भनेपछि विवाद सुरु भएको थियो। शाहले यस्तो भन्दै गर्दा मञ्चमै रहेका खानले उठेर ‘होईन, हजुरले भन्न के खोज्नु भाको हो, मलाई किन टार्गेट गर्नुभको’ भन्दै प्रतिवाद गरेका थिए।

कार्यक्रममा खानपछि बोल्न आएका शाहले ‘नेपाली कांग्रेस बुझ्न समय लाग्छ। कांग्रेस त्यत्तिकै बुझिँदैन। तपाईंजस्ता मान्छे धेरै आइसके। मसिना बाबा हुनुहुन्थ्यो, जोतेन्द्रमोहन चौधरी हुनुहुन्थ्यो, छविलाल भुसाल हुनुहुन्थ्यो। उनीहरू कहाँ गए? रामनारायण यादव यहीँ हुनुहुन्छ, उहाँ पनि ०४८ सालबाट कांग्रेसमा हुनुहुन्छ।’ भन्दै बोलिरहेका थिए।

शाह गएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ५ मा पराजित भएका थिए भने खान क्षेत्र नम्बर ५ ‘ख’ बाट प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए।

कार्यक्रममा सहभागि एक नेताका अनुसार खान केही महिनाअघि सम्म संस्थपन समूहमै थिए। अहिले इतर समूहमा लागेका छन् । गुट परिवर्तनले वढेको असन्तुष्टि कार्यक्रममा छताछुल्ल भएको उनी वताउँछन्।

कांग्रेस महासमिति सदस्य फखरूद्दीन खानले भने केही असमझदारीका कारण यस्तो घटना भएको बताए। 

पार्टीको आन्तरिक कार्यक्रममा नेताहरू गुटबन्दी गरेर लड्न थालेको भन्दै कार्यकर्ताले सामाजिक सन्जालमै आलोचना गर्न थालेका छन्। 

विशेष